दार्चुला दुर्घटना : जात्रा हेरेर फर्किएका रावल दम्पती नै बिते, आठ वर्षीय छोरा पनि घाइते

मृत्तक आठै जनाको सनाखत, चार घाइतेलाई हेलिकप्टरबाट धनगढी पठाइयो


२०८१ कार्तिक ३० शुक्रबार १३:२८ बजे

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा  ८  जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी   जीप चालक सुनिल जोशी घाइते भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल परिवारका साथ बिहीबार बेलुका मालिकार्जुन जात्रा हेर्न पुगेका थिए ।  

२८ वर्षीया श्रीमती शान्ति र ८ वर्षीय छोरा सन्दीप पनि साथमै थिए । जात्रामा पूजाआजा, दमाहा बजाउने, देउडा खेल्ने र भजन गाउने गरिएकाले रमाइलो जात्रा थियो । त्यसमा वीरेन्द्रको परिवार पनि सामेल भयो । घर फर्किने क्रममा वीरेन्द्रको परिवार पनि सवार जीप दुर्घटनामा पर्‍यो । जसमा वीरेन्द्र र उनकी श्रीमतीको मृत्यु भयो । उनीहरूका ८ वर्षीय छोरा सन्दीप घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको गोकुलेश्वर अस्पालमा उपचार भइरहेको छ ।

दुर्घटनामा वीरेन्द्रका छिमेकी प्रकाश रावल पनि घाइते भएका छन् । वीरेन्द्र शैल्यशिखर नगरपालिकाका कर्मचारी थिए। उनी ६ वर्षदेखि करारमा अमिन पदमा कार्यरत थिए । शैल्यशिखर नगरपालिका–५ का अध्यक्ष जनकबहादुर डाँगाका अनुसार वीरेन्द्र दुइ भाइमध्ये जेठा हुन् । 

घाइते चार जना घाइतेलाई हेलिकप्टरबाट धनगढी पठाइयो
मालिकार्जुन जात्राबाट फर्कने क्रममा जीप दुर्घटनामा परी घाइते भएकालाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी रिफर गराइएको छ । घाइते चार जनालाई साढे ९ बजेतिर सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ । 

सेनाको हेलिकप्टरले घाइते जीप चालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर नगरपालिका–७ का सन्दिप रावल, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–४ उत्तम रोकाया र भारतीय नागरिक सोहिन शाहलाई धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालका निमित्त मेडिकल मेडिकल सुपरिटेन्डेन्ट उत्तमसिंह धामीले जानकारी दिए । महासेनानी सुवास खड्काको टोलीले घाइतेहरुलाई धनगढी पुर्‍याएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७