पृथ्वी राजमार्ग दैनिक चार घण्टा बन्द हुने


२०८१ मङ्सिर १ शनिबार १९:१६ बजे

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक बिस्तारको काम गर्न दैनिक चार घण्टा सडक बन्द हुने भएको छ ।राजमार्गको दमौली–डुम्रे खण्ड रातको समयमा चार घण्टा बन्द हुने सडक विस्तार आयोजनाको पूर्वीखण्डले सूचना जारी गरी बन्द हुने जनाएको छ । 

सडक विस्तारका लागि व्यास नगरपालिका –१२ छिर्कनदेखि देउरालीसम्ममा भित्तो खार्नुपर्ने कामका लागि मङ्सिर ३ गते देखि २३ गतेसम्म राति ११ बजे देखि १ बजेसम्म गरी दुई घण्टा सडक पूर्ण रुपमा बन्द गरिने सूचनामा उल्लेख गरिएको छ । त्यसपछि १ बजे देखि १ः३० बजेसम्म गरी आधा घण्टा सडक आवागमन खुल्ला हुनेछ । बिहान २ बजे देखि ४ बजेसम्म पुनः दुई घण्टा गरी चार घण्टा बन्द हुने आयोजना प्रमुखले जारी गरेको सूचनामा उल्लेख छ ।

सडक निर्माण कार्यलाई तिव्रता दिनका लागि यस सडक खण्डमा सवारी आवत–जावतमा रोक लगाइएको जनाइएको छ । यात्रुलाई समस्या कम होस् भनेर सवारी चाप कम हुने समय रातमा बन्द गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । अत्यावश्यक एम्बुलेन्सलाई भने विशेष व्यवस्था गरी सवारी पास गरिने उनले जाानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७