गाडी दुर्घटनापछि प्रकाश भुजेलले गरे प्रहरीमा आत्मसमर्पण, साँखुमा तनाव


२०८१ कार्तिक २८ बुधबार १८:३९ बजे
फाइल फोटो

काठमाडौं । थली साँखु सडकखण्डको इन्द्रायणी चोकमा दुई जनालाई गाडीले ठक्कर दिएपछि फरार झाँक्री प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन् । गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएपछि फरार भुजेलले आफै प्रहरी समक्ष उपस्थित भएका हुन् ।

बा १९ च २६९५ का चालक झाँक्री भुजेलले प्रहरी प्रभाव साँखुमा पुगेर आत्मसमपर्ण गरेका हुन् । उनले प्रहरी कार्यालय जानुअघि आफूले गाडी चलाउँदा बचाउन सक्दो कोशिस गरे पनि नसकेको फेसबुक लाइनमार्फत जानकारी दिएका थिए । उनले आफूले अनुसन्धानका लागि सहयोग गर्ने जनाउँदै दुर्घटना गराउने आफ्नो कुनै मनसाय नभएको जनाएका छन् ।

घाइते भएका श्रीमान–श्रीमतीमध्ये श्रीमान नारायण नगरकोटीको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दियो । घाइते सानुमाया नगरकोटीको भने उपचार भइरहेको छ । दुर्घटनापछि साँखुमा तनाव सिर्जना भएको छ । स्थानीयले बाटो अवरुद्ध बनाएका छन् । उनीहरुले सडकमा टायर बाल्नुका साथै ढुंगामुढा समेत गरिरहेका छन् । प्रहरीले भुजेल समातिएको भन्दै माइकबाट सूचित गराएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७