कांग्रेसबाट कीर्तिपुरको मेयरमा कृष्णमान डंगोल उम्मेदवार सिफारिस


२०८१ मङ्सिर १ शनिबार २०:१० बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार सिफारिस गरेको छ । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि यहाँ नेपाली कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसका तर्फबाट कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस वागमती प्रदेश समितिको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।

डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति समेत हुन् । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्व स्ववियू अध्यक्ष हुन् । यहाँ नेकपा एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७