तीब्रगतिको टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु


२०८१ मङ्सिर १ शनिबार १९:४५ बजे

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा तीब्रगतिको टिपरले मोटरसाइकललाई ठक्कर दिंदा आज (शनिबार) दुई जनाको मृत्यु भएको छ । गिट्टी बोकेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।

उनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको टिपरले पूर्वतर्फ जाँदै गरेको २० प ६०७ नम्बरको मोटरसाइकललाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको डीएसपी दाहालले जानकारी दिए ।

गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको थियो । उपचारका क्रममा दिउँसो ३ः२० बजेतिर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै मृतकको शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल क्षतिग्रस्त अवस्थामा छ । उक्त टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गरेको पत्ता लागेको प्रहरीको भनाइ छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७