चुनाव जितेको दुई वर्षपछि जिल्ला फर्किए देउवा


२०८१ कार्तिक २६ सोमबार ०३:२४ बजे

 डडेल्धुरा । सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा आइपुगेका छन् । उनी सोमवार बेलुकी जिल्ला सदरमुकाम आइपुगेका हुन् । चुनाव जितेको दुई वर्षपछि जिल्ला फर्किएका देउवालाई जिल्ला सदरमुकाममा बाजागाजासहित सो पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए । यसअघि चुनाव जितेपछि जिल्ला नफर्किने देउवा यस पटक चुनाव जितेको दुई वर्षपछि जिल्ला आएका हुन् ।

देउवा जिल्ला आउने भएपछि सदरमुकाम क्षेत्र र उनले भ्रमण गर्ने ठाउँमा व्यापक सरसफाइ गरिएको छ । उनी २०७० पछि पहिलोपटक सडक मार्ग भएर भ्रमण गरिरहेका छन् । २०७४ र ०७९ को निर्वाचनमा उनी हेलिकप्टरमार्फत जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

सोमवार बिहान जिल्लाको भित्रीमधेसमा पर्ने आलिताल र परशुरामधामको दर्शन गरेका देउवा बेलुकी जिल्ला सदरमुकाम आएका हुन् । उनी मंसिर १ गतेसम्म जिल्लामा बस्ने छन् । यहाँ रहँदा उनी धार्मिक र पार्टीका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । जिल्ला सभापति भीमबहादुर साउदका अनुसार सभापति देउवा कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा)मा सहभागी हुनेछन् ।

उनले कात्तिक २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट गर्ने  कार्यक्रम रहेको छ । सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् । गन्यापधुरा देउवाको गृहपालिका हो । पूर्व प्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७