उपनिर्वाचन : आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू (सूचीसहित)


२०८१ कार्तिक २६ सोमबार १३:३७ बजे

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।

आयोगका अनुसार ३२ जना जिल्ला न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्रतांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा आजदेखि लागू हुनेगरी नियुक्त गरेको हो । काठमाडौं महानरपालिका–१६ को मुख्य निर्वाचन अधिकृतमा काठमाडौं  जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेल तोकिएका छन् । काठमाडौं महानगरपालिका–१६ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

यस्तै आयोगले कीतिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार इन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोकेको छ।  कीर्तिपुर नगरपालिकाका मेयर,वडा नम्बर १ र ४ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । यसैगरी आयोगले अन्य स्थानमा पनि निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ ।

कार्तिक ३० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने  आयोगले जनाएको छ । स्थानीय तहका ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । आयोगले  स्थानीय तह उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वन गरेको छ ।
हेर्नुस् सूची 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७