हर्क, बालेन, रेनु लगायतको राजीनामा : ६ महिनाभित्र उपनिर्वाचन हुने


२०८२ माघ ६ मंगलबार १८:५० बजे

काठमाडौँ : कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । ती पद रिक्त भएका स्थानमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तय गरिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि आयोग उपनिर्वाचनको तयारीतर्फ लाग्नेछ । 

भण्डारीले भने, ‘२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने अठोट पुरा गर्छौँ । त्यसपछि प्रदेश र स्थानीय तहमा कुन-कुन ठाउँमा कसरी पदहरू खाली भए भनेर हेर्छौँ र सरकारसँग समन्वय गरेर उपनिर्वाचनको मिति तोक्छौँ।’

उनका अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीको पद रिक्त भएको अवस्थामा ६ महिनाभित्र उपनिर्वाचनको मिति तोक्नुपर्ने कानुनी व्यवस्था छ । आयोग सोही प्रावधानअनुसार अघि बढ्ने उनले बताए ।

स्थानीय तहका पदाधिकारी वा प्रदेश सभा सदस्यको पद ६ महिनाभन्दा बढी समय खाली रहने अवस्था आएमा उपनिर्वाचन अनिवार्य हुने व्यवस्था रहेको र आयोगले यसलाई ध्यानमा राखेर काम गर्ने भण्डारीले स्पष्ट पारे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७