साफ महिला च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै श्रीलंकाको विजयी शुरुवात


२०८१ कार्तिक २ शुक्रबार १९:०४ बजे

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्‍यो । श्रीलङ्काका लागि इमिशा अनुराधिनीले १८औं मिनेटमा गरेको गोल नै श्रीलङ्का जितका लागि पर्याप्त भयो । जितसँगै श्रीलङ्काले तीन अङ्क बटुलेको छ । सोही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७