साफ महिला च्याम्पियनसिपका लागि एञ्जिला तुम्पाबोको कप्तानीमा टोली घोषणा


२०८३ जेठ २ शनिबार १२:३६ बजे

काठमाडौं :  नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानी पुनः एञ्जिला तुम्पाबो सुब्बाले सम्हाल्ने भएकी छिन् । भारतमा आगामी मे २५ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि शनिबार मुख्य प्रशिक्षक नवीन न्यौपानेले एञ्जिलाको कप्तानीमा २३ सदस्यीय अन्तिम राष्ट्रिय टोलीको घोषणा गरेका हुन् ।

नियमित कप्तान सावित्रा भण्डारी साम्बा घुँडाको चोटको शल्यक्रियापछि हाल कतारमा रिह्याब गरिरहेकोले नेपालको कप्तानी फेरि एन्जिलाले गर्ने भएकी छिन् । समूहमा नेपालसँगै श्रीलंका र भुटान छन् । त्यसैगरी, समूह ‘बी’ मा भारत, बंगलादेश र माल्दिभ्स छन् । प्रतियोगिता भारतमा आगामी मे २५ देखि जुन ६ सम्म हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल भारतको गोवामा हुनेछ ।

हालसम्म प्रतियोगिताका सात संस्करण सम्पन्न हुँदा नेपालले ६ पटक फाइनल खेलेको छ । नेपाल सन् २०१६ को संस्करणमा मात्रै फाइनल यात्रा तय गर्न सकेको थिएन । त्यो संस्करणको सेमिफाइनलमा नेपाल भारतसँग स्तब्ध बनेको थियो ।

नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०२२ र २०२४ को पछिल्ला दुई संस्करणको फाइनलमा नेपाललाई बंगलादेशले स्तब्ध बनाएको थियो । 

 

नेपाली टोली : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उसा नाथ, पुजा राना, गिता राना, विमला बिक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी, रेनुका नगरकोटी, दीपा साही, प्रिती राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मिना देउवा 

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेण्डर : पूजा राना, गीता राना, विमला बिक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी
मिडफिल्डर : रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत,  अनिता लाम्जेल, अनिता केसी
फरवार्ड : रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७