साफ महिला च्याम्पियनसिप :  भारतलाई हराउँदै नेपाल फाइनलमा


२०८१ कार्तिक ११ आइतबार ०३:०७ बजे

काठमाडौं । भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो । 

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’, गीता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार गोलमा परिणत भयो । भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुके ।

त्यसअघि निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७