‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चलको निर्णय, ओटीटीमा रिलिज हुने


२०८१ असोज ३० बुधबार १६:२६ बजे

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ अब ओटीटी प्लाटफर्ममा रिलिज हुने भएको छ । निर्माता निश्चल बस्नेतले हलको प्रदर्शनलाई स्थगित गर्दै एमएसएम भिडियो प्लाटफर्ममा फिल्म आउने जानकारी गराएका हुन् ।

फेसबुक पोस्टमा बस्नेतले विहीबारदेखि फिल्मको हल रिलिजलाई स्थगित गर्ने जनाएका छन् । हलले शो वितरणमा विभेद गरेको भन्दै असन्तुष्ट सुनिएका बस्नेतले केही दिनअघि हलको विकल्प खोज्ने बताएका थिए ।

उक्त एपमा चाँडै फिल्म रिलिज हुने जनाउँदै बस्नेतले अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने उपलब्ध हुने उल्लेख गरेका छन् । बस्नेत पोस्टमा लेख्छन्, ‘हलमा हेरिदिनु हुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराउनु भएकोमा क्यूएफएक्सलाई पनि धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामी नलगाउने निर्णय गरेका छौं ।’

निश्चलसहित स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्म दशैंको घटस्थापनामा हलमा रिलिज भएको थियो । उत्साहजनक शोसहित घटनास्थापनाको दिनबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको थियो । चलचित्रले पहिलो साताभरि फिल्म उत्साहजनक व्यापार गर्न सफल भयो । 

‘बेहुली फ्रम मेघौली’ को राम्रो अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै निर्माता निश्चल बस्नेतले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् । राम्रो व्यापार गरे पनि अस्वाभाविक रूपमा सो घटाउँदा हलको विकल्प खोज्ने निश्चलले यसअघि नै बताएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७