रिमालाई ज्योतिको व्यंग्य : चलचित्रतिर काम नपाए राजनीतिमा छिरेर देश बनाउनुपर्ला


२०८२ मङ्सिर २० शनिबार ०७:३१ बजे

काठमाडौं : गायिका ज्योति मगरले हालै राजनीतिमा प्रवेश गरेकी कलाकार रिमा विश्वकर्मालाई चलचित्रमा काम पाउन छोडेपछि राजनीतिमा लागेको भन्दै व्यंग्य गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा आफूले ‘इन्दिरा गान्धी टाइपको सारी सिलाउन नभ्याएको’ भन्दै कटाक्ष पनि गरेकी छन् । 

ऊर्जामन्त्री कुलमान भिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी घोषणा कार्यक्रममा मंसिर १७ गते रिमा विश्वकर्मा सारीमा सजिएकी थिइन् । उनले आफ्नो आवश्यकता यतिबेला कलाकारिता भन्दा देश निर्माणका लागि राजनीतिमा खाँचो रहेको बताएकी थिइन् । 
सोही कुरालाई ज्योतिले आफू पनि चलचित्रतिर काम नपाए ‘राजनीतिमा लागेर देश बनाउने’ भन्दै व्यंग्य गरेकी हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म पनि पार्टी प्रवेश गरुम् भनेको प्रोग्रामहरूको ब्यस्तताले इन्दिरा गान्धी टाइपको नयाँ सारी सिलाउनै भ्याइएन । अलि कामहरू कम भयो भने राजनीतिमा छिरेर देश बनाउनु पर्ला । हाल मेला महोत्सव तिरै फोकस गर्ने निधो गरियो।।।’

उनी थप्छिन्, ‘जुन जोगी आएनी कानै चिरेको बरै । हात्ती आयो हात्ती आयो फुस्सा.. यो गीत चाहिँ राजन राज सिवाकोटी दाइको हो ।’

उनले आफू लम्जुङ सुन्दर बजारको कार्यक्रममा रहेको पनि स्पष्ट पारेकी छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७