कांग्रेसको भ्रातृ संस्थाको महाधिवेशन गराउन केन्द्रीय निर्देशन समिति, कुनकाे को संयोजक ?


११:१३ बजे

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको महाधिवेशन गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।  केन्द्रीय कार्यसमितिको साउन २३ गतेको निर्णय अनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको हो ।

महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउन केन्द्रीय समितिले निर्देश गरेको थियो । विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन समेत गर्न सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम  भ्रातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समिति देहाय बमोजिम गठन गरेको छ ।  

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. सहमहामन्त्री उमाकान्त चौधरी-संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल-सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला-सदस्य

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’-संयोजक
२. केन्द्रीय सदस्य सरिता प्रसाई -सदस्य
३. केन्द्रीय सदस्य जीतजंग बस्नेत -सदस्य

नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. सहमहामन्त्री किशोर सिंह राठौर-संयोजक
२. केन्द्रीय सदस्य राजीव ढुंगाना-सदस्य
३. केन्द्रीय सदस्य प्रतिमा गौतम-सदस्य
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७