दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने


२०८१ असोज ८ मंगलबार २१:०९ बजे

काठमाडौं । दशैंका लागि यही असोज १२ गते शनिबारदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको छलफलपछि बुकिङ खुलाउने निर्णय भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरू स्थापना गरिनेछ ।

 यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो । काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूका लागि टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो । करिब २० लाख मानिसहरू दशैंका लागि उपत्यकाबाट बाहिरिने अनुमान छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७