सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा


२०८१ भदौ २६ बुधबार २१:५८ बजे

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।

आज (बुधबार) एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरका हुन् । उनले सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरूलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए । उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रवार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे ।

प्रतिष्ठान बनायो छोड्यो गर्ने नभइ नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशिल इच्छा, आकंक्षा र प्रवृत्ति अनुरुप भल्नु पर्नै बताए । नेताहरूका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि बताए । पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएपनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पती झैँ लगेको बताए । उनले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने बताए ।

उनले भने, ‘हामी अहिले रहेको अरु पनि प्रतिष्ठानहरूलाई जुन प्रतिष्ठानहरू निष्क्रिय छन्, सक्रिय छैनन् त्यस्ता प्रतिष्ठानहरूलाई सक्रिय बनाउँछौँ । नेताका नाममा प्रतिष्ठान हुने, तर त्यो प्रतिष्ठान देशका लागि नहुने । अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फड्को गर्दै माधव नेपाल जस्ता मान्छेहरू अध्यक्ष भए, पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नु पर्ने ठाउँमा निजी प्रपर्टी जस्तो । पुष्पलालजी कुद्नुभएको हो र पार्टीबाट माधव नेपाल पो कुद्नु भएको त । पुष्पलाल त कुद्नु भएको होइन नि । पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ? अर्को एक जनाले मदन भण्डारी अन्तर्राष्ट्रिय स्कुल भनेर खोल्या छ । अनि मदन भण्डारीका विचार भन्दा फरक कुराहरू सिकाउने गरेर त्यसको दुरुपयोग गरेको छ । यस्ता कुरालाई समयक्रममा हामीले आन्दोलनको हितमा, जनता, देशको पक्षमा उभ्याउनु पर्छ । कसैलाई कब्जा गरेर बस्न दिनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले नेताहरूको नाममा प्रतिष्ठान, विद्यालयहरू खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनु पर्ने बताए । उनले प्रतिष्ठानहरू कसैलाई कब्जा गर्न नदिइने बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७