राजेश हमालको ‘युगदेखि युगसम्म’ विमोचन
काठमाडौँ : अभिनेता राजेश हमालको पुस्तक 'युगदेखि युगसम्म' विमोचन भएको छ ।
फाइन प्रिन्ट प्रकाशनमार्फत प्रकाशित उक्त पुस्तक शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित विशेष समारोहबीच विमोचन गरिएको हो।
पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा आधारित यस पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र अनुभव, संस्मरण, साथै सामाजिक र व्यक्तिगत विचारहरू समेटिएका छन्।
कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार, पत्रकार, र हमालका शुभचिन्तकहरूको उपस्थिति थियो । प्रकाशकका अनुसार पुस्तक शनिबारदेखि देशभरका पुस्तक पसलमा उपलब्ध हुनेछ।
.gif)

.png)

