‘हिट एन्ड मिस’ शैलीमा देश चलाउनु बुद्धिमानी होइन: राजेश हमाल


२०८३ श्रावण ७ बिहीबार १९:२१ बजे

काठमाडौं :  अभिनेता राजेश हमालले देशको वर्तमान शासन व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै स्पष्ट दूरदृष्टि र दीर्घकालीन रणनीतिबिनाको शासनले मुलुकलाई प्रगतिभन्दा ठप्प अवस्थातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन भइरहेको जस्तो देखिएको टिप्पणी गरेका छन्। उनले कुनै पनि राष्ट्रको भविष्य संयोग वा भाग्यको भरमा नभई स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित निर्णय र दीर्घकालीन योजनाका आधारमा निर्माण हुनुपर्ने बताएका छन्।

‘देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ? कुनै राष्ट्रको भविष्य संयोगमा होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्छ,’ हमालले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले भविष्यप्रतिको स्पष्ट दृष्टिकोणबिना र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमान नगरी केवल दैनिक समस्याको व्यवस्थापनमै अल्झिने प्रवृत्तिले मुलुकलाई जोखिमतर्फ लैजान सक्ने धारणा व्यक्त गरेका छन्।

‘भविष्यप्रतिको स्पष्ट दृष्टिकोणबिना र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमान गर्न नसकी केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहने हो भने, तीव्र गतिमा परिवर्तन भइरहेको आजको विश्वमा देश वास्तवमा प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ,’ उनले उल्लेख गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७