राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना


२०८१ भदौ ६ बिहीबार १५:१० बजे

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिँदै गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजनाअन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि चाडपर्व विशेषमा गाडी कर्जा योजना ल्याएको छ । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैयाँसम्म कर्जा लगानी गर्नेछ ।

कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ । गाडीको कोटेशनमा अङ्कित मूल्यको विद्युतीय गाडी (इभी)को हकमा बढिमा ८० प्रतिशत र पेट्रोल-डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ । बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजनाअन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको सात कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुनेछ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७