बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक लुटपाट आरोपमा दुई जना पक्राउ


२०८२ असोज २२ बुधबार १८:५६ बजे

काठमाडौंको बानेश्वरमा भएको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दीपक श्रेष्ठ र नरेशकुमार यादव छन्। उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूले पनि त्यस लुटपाटमा कोको संलग्न रहेको भन्ने जानकारी नभएको प्रहरीसँग भनेका छन् । 

गत भदौ २४ गते भएको प्रदर्शनमा निजी सार्वजनिक सम्पत्ति लुटपाट तथा तोडफोड भएको थियो । सो दिन साँझ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि तोडफोड आगजनी भएको थियो। 

नेपाली सेनाले यसअघि सुरूवाती दिनमा पाँच जनालाई बैंकमा लुटपाट गर्न खोजेको आशंकामा नियन्त्रणमा लिएको थियो। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७