नेपाल संगीत उद्योग संघमा मानव बेचबिखन ब्यूरोको छापा
काठमाडौं । नेपाल संगीत उद्योग संघमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मारेको छ । नक्कली कलाकार र गायकको कागजात बनाएर अष्ट्रेलिया पठाएको बाहिरिएपछि ब्यूरोले अनामनगरस्थित कार्यालयमा छापा मारेको हो ।
ब्यूरोले कागजातहरू बरामद गरेको छ । ब्यूरोले अहिलेसम्म कसैलाई पक्राउ भने गरेको छैन । ब्यूरोका प्रवक्ता एवं एसपी गौतम मिश्रले भने, ‘कागजात बरामद गरेका छौं, अनुसन्धान गर्छौ ।’
.gif)

.png)

