सुतिरहेका बाबुको छोराले गरे बञ्चरो प्रहार गरी हत्या


२०८१ श्रावण ३० बुधबार १५:५१ बजे

सिन्धुली । सिन्धुलीमा छोराको बञ्चरो प्रहारबाट बुबाको ज्यान गएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लालबहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बञ्चरोले हिर्काएर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बञ्चरोले टाउकोमा प्रहार गरेका थिए । उनको घटनास्थलमै ज्यान गएको थियो । घटनाको खबर प्राए लगत्तै प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृतसहितको टोली खटिएकोमा विकलाई बञ्चरोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७