बङ्गलादेशमा प्रदर्शनका क्रममा आगो लगाइएको ‘सेतु भवन’ निर्जन अवस्थामा


२०८१ श्रावण २९ मंगलबार ००:४५ बजे
फाइल फोटो

काठमाडौं । बङ्गलादेशको सडक यातायात तथा पुल व्यवस्था मन्त्रालयका अधिकारीहरूले देशमा हालै विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनको क्रममा गम्भीर क्षति बेहोरेको सेतु भवनमा प्रवेश गर्न डराएको बताएका छन् । 

विरोध प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले मन्त्रालयको भवनमा आगो लगाएर सरकारी सम्पत्ति र यसको परिसरभित्र पार्क गरिएका सवारी साधनहरू तोडफोड गरेका थिए । आगलागीमा मन्त्रालयको प्रयोजनमा रहेको अनुमानित ६५ करोड मूल्यका सवारी साधनहरू जलाइएको अधिकारीहरुले बताएका छन् ।  

यस घटनाले सेतु भवन भवनलाई जलेको र निर्जन संरचना बनाएको छ । भवनको क्षतिग्रस्त अवस्थाका कारण भवनभित्र प्रवेश गर्न डराएको र अस्थायी रुपमा बाहिरैबाट आफ्नो कर्तव्य पालन गरिरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । सरकारको आरक्षण प्रणालीको विरोधमा सुरु भएको प्रदर्शन ठुलो आन्दोलनमा परिणत भएको थियो  जसले राजधानीमा रहेको सरकारी संस्थाहरूको सुरक्षा र स्थिरताको बारेमा गम्भीर चिन्ता खडा ग¥यो । 
बङ्गलादेशको प्रमुख पत्रिका प्रोथोमआलोले ‘जुलाई १८  मा सयौं उग्रवादीहरुले सेतु भवनमा आक्रमण गरी नराम्ररी तोडफोड गरेर आगो लगाएका छन् र भवनबाट सरकारी सम्पत्ति लुटेका छन्’ भनी जुलाई २७  मा जानकारी गराएको थियो । 

प्रदर्शनकारीले सवारीसाधनहरू तोडफोड गरी आगो लगाएको र कर्मचारीलाई समेत कुटपिट गरेको दैनिक पत्रिका प्रोथोमआलोले जनाएको थियो । उग्र विरोध प्रदर्शनको फलस्वरुप प्रधानमन्त्री शेख हरसिनाले पदबाट राजीनामा दिएकी हुन् । हाल नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार शपथ लिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७