हेलिकोप्टर दुर्घटनास्थल पुगे पर्यटनमन्त्री पाण्डे


२०८१ श्रावण २४ बिहीबार १०:४६ बजे
हवाई दुर्घटनास्थल निरीक्षण गर्दै मन्त्री पाण्डे ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आज (विहीबार) विहान एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर बुधबार दुर्घटना भएको स्थान नानुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७ सूर्यचौरको स्थलगत निरीक्षण गरेका छन् । 

सो क्रममा मन्त्रालयका सचिव,  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका थिए । मन्त्री पाण्डे बुधबार नै दुर्घटनास्थल जाने तय भएकोमा हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हवाई सुरक्षालगायतका विषयमा छलफल गर्ने तय भएकाले सम्भव भएको थिएन । 

मन्त्री पाण्डेको सचिवालयले बुधबार राति एक प्रेस नोट जारी गर्दै यसअघि तय भएका सबै औपचारिक कार्यक्रम एक साताका लागि स्थगित गर्ने तथा आति आवश्यक बाहेकका भेटघाट बन्द गरी हवाई सुरक्षाका विषयमा चाल्नु पर्ने तत्कालीन तथा दीर्घकालीन काममा केन्द्रित हुने बताएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७