हेलिकोप्टर दुर्घटनाका पाँच मृत्तकको शव पोष्टमार्टम भोलि विहानबाट


१५:०२ बजे
दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकोप्टर

काठमाडौं । आज (बुधबार) दिउँसो भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको शव दुर्घटनास्थलबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।

बुधबार दिउँसो १ः५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको ९एन–एजेडी कलसाइनको हेलिकोप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ यात्रु सवार थिए । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार सामान्यता पोष्टमार्टम कार्यालय समयमा गरिन्छ । ‘शव आज सुरक्षित रुपमा फ्रिजमा राख्छौं’, डा. चौधरीले भने, ‘भोलि बिहान ८ बजेबाट पोष्टमार्टम गर्ने योजनामा छौं ।’

उनका अनुसार प्रहरीबाट शवको मुचुल्का प्राप्त भएपछि पोस्टमार्टमको काम सुरु गरिने छ । डा. चौधरीका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोष्टमार्टम गरिन्छ । तर, यस्तो विपदमा शव पहिचानको लागि मात्रै पोष्टमार्टम गरिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्पर्कविहीन भएको थियो । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जानकारी दिएको छ । मृतकको पोस्टमार्टम बिहीबार बिहानदेखि सुरू हुने भएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७