हेलिकोप्टर दुर्घटना : ज्यान गुमाएका पाँचै जनाको शव शिक्षण अस्पताल ल्याइँदै {तस्वीरहरु}
उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो दुर्घटनाग्रस्त हेलिकप्टर
काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको शव काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याउने तयारी भएको छ ।
.jpg)
पाँचमध्ये एउटा शव अफ्ठयारो ठाउँमा रहेकाले निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिएका छन् । आफूहरु अहिले घटनास्थलमै रहेको जानकारी दिंदै उनले भने, ‘दृष्य दर्दनाक छ । अड्किएको एउटा शव निकाल्ने प्रयास भइरहेको छ । सबै शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाउँछौं ।’

दुर्घटनामा परेर हेलिकोप्टरका पाइलट अरुण मल्ल तथा चिनियाँ नागरिकहरू जुताद ताङ, जी ली, यियाद ऊ र जेमिङ सीको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एयर डाइनेस्टीको ९ एन–एजेडी रजिस्ट्रेसन रहेको हेलिकोप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।
.jpg)
रसुवाको स्याफ्रुबेसी उडेको उक्त हेलिकोप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको हो । हेलिकोप्टर त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटपछि नै काठमाडौं विमानस्थलमा रहेको टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकोप्टर काठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि चार जना यात्रु (चिनियाँ नागरिक) लिएर उडेको थियो ।
.jpg)
.jpg)
.gif)

.png)

