वुमन एसिया कप : सम्झनाको उत्कृष्ट व्याटिङ, युएईलाई हराउँदै नेपालको विजयी शुरुवात


२०८१ श्रावण ४ शुक्रबार १७:४६ बजे

काठमाडौं । जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज (शुक्रबार) भएको उदघाटन खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको छ । युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो । युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक–एक विकेट लिएका थिए । अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दैछ भने युएईले आइतबार नै भारतको सामना गर्दैछ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७