प्रधानमन्त्रीलाई एमालेको ९९ बुँदे सुझाव पत्र (पूर्णपाठ)


२०८१ श्रावण ४ शुक्रबार ०७:०१ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका छन् ।

नेकपा एमालेले तयार गरेको सुझावपत्र शुक्रबार सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिएका छन् । एमालेका अध्यक्ष समेत रहेएका प्रधानमन्त्री ओलीले भने, ‘सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।’

एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारिएको हो ।
 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७