एमाले बागमतीमा थपलियाविरुद्ध अविश्वास प्रस्ताव, किरण थापालाई दलको नेता बनाउने तयारी


२०८३ श्रावण २७ बुधबार १८:५७ बजे

काठमाडौं : नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा बुधबार थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिए।

पार्टी नेतृत्वको निर्देशनअनुसार संसदीय दलको नेता परिवर्तन गर्ने तयारीस्वरूप अविश्वास प्रस्ताव दर्ता गरिएको ती सांसदले बताए। उनका अनुसार थपलियालाई हटाएर पूर्वस्वास्थ्यमन्त्री किरण थापालाई संसदीय दलको नेता बनाउने तयारी छ।

थापालाई दलको नेता बनाउन एमालेका प्रदेशसभा सदस्यहरूको बहुमत हस्ताक्षरसमेत संकलन भइसकेको ती सांसदले जानकारी दिए।

बागमती प्रदेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि सत्ता समीकरण थप जटिल बनेका बेला पार्टीले आफ्नै संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७