प्रोटोनको ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

बीरगञ्जमा ११औँ सोरुम सञ्चालनमा


२०८३ भदौ ७ आइतबार १६:२४ बजे

बीरगञ्ज : नेपालमा विद्युतीय सवारीको बजार विस्तार गरिरहेको प्रोटोनले बीरगञ्जमा आफ्नो ११औँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ। सोही अवसरमा कम्पनीले नेपालमा आफ्नो दोस्रो विद्युतीय कारका रूपमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ।  नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र बीरगञ्जमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो।

कम्पनीले आगामी दिनमा पूर्वी नेपालको बिर्तामोडमा पनि दशैंअघि नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। बिर्तामोडको सोरुम सञ्चालनमा आएपछि नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुग्नेछ। हालै मलेसियामा आयोजित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Year 2026’ को अवार्ड जितेको इ.मास ५ लाई अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र आधुनिक डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो लगायतका सुविधा छन्। त्यस्तै, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेको कम्पनीले जनाएको छ। जगदम्बा मोटर्सका अनुसार इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। बीरगञ्जमा सार्वजनिक गरिएको अवसरमा प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनसँगको साझेदारीलाई थप विस्तार गर्दै नेपाली बजारमा विद्युतीय सवारीको पहुँच बढाउने लक्ष्य रहेको बताए। उनले इ.मास ५ प्रति नेपाली ग्राहकको उत्साह र प्राप्त बुकिङले कम्पनीलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनमा ग्राहकको आवश्यकता र अपेक्षाअनुसार उत्पादन तथा सेवा विस्तार गर्ने बताए।

बीरगञ्जमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य अतिथिको उपस्थिति थियो। 

नयाँ सोरुमबाट ग्राहकले इ.मास ५ सँगै प्रोटोनको इ.मास ७ समेत अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। कम्पनीले सोरुममार्फत गाडीका प्रविधि, स्मार्ट फिचर, डिजाइन तथा ड्राइभिङ अनुभवबारे जानकारी उपलब्ध गराउने जनाएको छ। जगदम्बा मोटर्सले भक्तपुरबाट सुरु गरेको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै बीरगञ्जसम्म आइपुगेको जनाएको छ। कम्पनीले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै विद्युतीय सवारीको बजार बढाउने रणनीतिअनुसार नयाँ सोरुम सञ्चालनमा ल्याइरहेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७