स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने 


२०८१ असार ३१ सोमबार ०८:२६ बजे

काठमाडौं । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएर कार्यभार सम्हालेका हुन् । मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति २०२४–२०३० स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् । उनले पहिलो पटक मन्त्री भएको भन्दै सबै सँग सल्लाह गरेर काम गर्ने बताए ।

क्यान्सरका बिरामी बढेका छन् यसको नियन्त्रण गर्ने काममा लाग्ने बताए । उनले भने, ‘स्वास्थ्य बिमा र स्वास्थ्य पूर्वाधारहरूको विकास गर्नेछु । एक महिनाभित्र सरकारी अस्पतालमा ठूलो संख्यामा लाइन बस्नु नपर्ने खालको काम गर्नेछु ।’ उनले पारदर्शिता र जबाफदेहितामा जोड दिने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७