ओली सरकारमा १० नयाँ अनुहार


२०८१ असार ३१ सोमबार ०६:१९ बजे

काठमाडौं । चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका केपी शर्मा ओली नेतृत्वको सरकारमा १० नयाँ अनुहार समेटिएका छन् । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल धेरै पटक दोहोरिए पनि यस पटक मन्त्रीमा नयाँलाई पनि अवसर दिइएको छ ।

२२ सदस्यीय मन्त्रिपरिषद्मा १२ पुराना हुँदा १० जनाले अवसर पाएका हुन् । यस पटक ओली नेतृत्वको सरकारमा एमालेले भन्दा कांग्रेसले धेरै नयाँ मन्त्री पठाएको छ । कांग्रेसले ६ जनालाई पहिलो पटक अवसर दिँदा एमालेले चार जना नयाँलाई मनत्री बनाएको छ ।

कांग्रेसबाट परराष्ट्र आरजु राणा, पर्यटन बद्री पाण्डे, स्वास्थ्य प्रदीप पौडेल, कृषि रामनाथ अधिकारी, वन ऐनबहादुर शाही, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको सरकारमा पहिलो इन्ट्री हो । यस्तै, एमालेबाट सरकारमा गएका मानवीर राई रक्षा, विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक र राजकुमार गुप्ता संघीय मामिला गरी ४ जना नयाँ मन्त्री पठाएको छ । जसपा र लोसपाका भने दोहोरिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७