शेखर समूहले टुङ्ग्यायो चार मन्त्रीको नाम : स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले आफूले भाग पाएको चार मन्त्रालयका लागि मन्त्रीको टुङ्गो लगाएको छ । शेखर समूहबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययनमा बद्री पाण्डे, कृषिमन्त्रीमा रामनाथ अधिकारी, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रीमा तेजुलाल चौधरी जाने भएका छन् ।
कोइरालाको सचिवालयले मन्त्रीको नाम टुङ्गो लगाएको जानकारी दिएको हो । सभापति देउवा समूहबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु देउवा राणा, अजय चौरासिया, दिपक खड्का र ऐनबहादुर शाही मन्त्री बन्दै छन् । कांग्रेस सिंहको नेतृत्वमा सरकारमा जाँदैछ । नेकपा एमालेको केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले नौ मन्त्रालय पाएको हो ।