विद्यालयमै आएर भिर मौरीले टोक्दा १३ जना घाइते, प्रअसहित तीनको अवस्था गम्भीर


२०८१ असार १० सोमबार ०६:२५ बजे

रुकुम पश्चिम । रुकुमपूर्वमा भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् । मौरीको टोकाइबाट जिल्लाको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् ।

आइतबार बिहान विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासी आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएको स्वास्थ्य चौकी रुकुमपूर्वका अहेव हेमराज ओलीले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको उनले बताए ।

उनका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका छन् । उनीहरूलाई सामान्य उपचारपछि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको अहेव ओलीले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७