सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच भेटवार्ता


२०८१ असार ६ बिहीबार २०:०० बजे

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ ।

संकटग्रस्त सहकारी संस्थाहरूमध्ये केहीको बचत रकम अपचलनमा गृहमन्त्री लामिछाने समेत संलग्न रहेको भनी परेको मुद्दामाथि भोलि (शुक्रबार) सर्वोच्च अदालतमा पेसी छ । यसअघि बुधबार पेसी रहेकोमा राजनीतिक चासो समेतका कारण ढिलाइ भएको चर्चाबीच तीन नेताहरूबीच छलफल चलिरहेको हो ।

बिहीबार दिउँसो प्रधानमन्त्रीले संसद्मा बोल्दा ओली लगायत शीर्ष नेता अनुपस्थित रहेकामा प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाएका थिए । पछिल्ला दिनमा बजेटलगायत विषयमा प्रधानमन्त्री र प्रमुख सत्तासाझेदार एमालेका अध्यक्ष ओलीबीच तिक्तता बढ्दै गएको विश्लेषण भइरहेका छन् । ओलीले सरकारी कदमको आलोचना गर्दा प्रधानमन्त्रीले त्यसको बचाउ गर्दै सामान्य पार्न खोजेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७