सुनको भाउले बनायो नयाँ कीर्तिमान, हालसम्मकै बढी मूल्यमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।
आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापवाल सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मै उच्च मूल्य हो ।
यसअघि, गएको कात्तिक ११ र १२ गते छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।