१२ सदस्यीय चालक दलसहितको टर्कीको कार्गो जहाज समुद्रमा डुब्यो


२०८० मङ्सिर ५ मंगलबार १२:०१ बजे

काठमाडौं । सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल ‘ब्ल्याक सी’मा डुबेको छ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताएका हुन् ।

रुसी बन्दरगाह टेम्रयुकबाट टर्कीको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्रीले बताए ।

सो क्षेत्रमा आइतबार शक्तिशाली सुनामी आएको थियो । अनुकूल मौसम नहुँदा डुबेका व्यक्तिको खोजीमा समस्या आएको बताइएको छ । प्रतिकूल मौसममा सुधार आएसँगै खोजीकार्य अघि बढाइने उनले बताए । सिन्ह्वा / न्युज एजेन्सी नेपाल

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७