क्षेत्रीय शिक्षा निर्देशनालयका तत्कालीन कामु निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२०८० कार्तिक २४ शुक्रबार ०४:४६ बजे

काठमाडौं । क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बारास्थित श्रीराम प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका पूर्वशिक्षक योगेन्द्रप्रसाद यादवलाई बर्खास्त नगरी उल्टै निवृत्तिभरण बापत १६ लाख ९२ हजार दुई सय ६९ रुपैयाँ २५ पैसा बराबरको रकम दिलाएर सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको आरोपमा श्रेष्ठविरुद्धा दायर भएको हो ।

यसै प्रकरणमा बाराकै साबिक जिल्ला शिक्षा कार्यालय तथा हालको शिक्षा विकास तथा समन्वय इकाईका विद्यालय निरीक्षक बृजकिशोर यादव, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव, सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक चेथारुप्रसाद कुर्मी, बाराको तत्कालीन जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी र तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका शाखा अधिकृत बेदप्रसाद पौडेलमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार आरोपमा विशेष अदालतबाट दोषी ठहर भइसकेका योगेन्द्रलाई निवृत्तिभरणबापत १६ लाख ९२ हजार दुई सय ६९ रुपैयाँ २५ पैसा दिलाउन पहिलो भूमिका कुर्मीले गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । यस्तै कुर्मीले हाजिरी किताब, बैठक पुस्तिका, तलबी भरपाईलगायत सरकारी कागजात लुकाउने तथा नष्ट गरेका थिए । त्यस्तै, वृज किशोरले योगेन्द्रमाथि निलम्बनको प्रक्रिया अगाडि नबढाई तलब निकासा गरेको आरोप छ ।

अर्का आरोपी धर्मेन्द्रले आफू प्रधानाध्यापक भएका बेला विद्यालय व्यवस्थापनको सिफारिसविना योगेन्द्रलाई कुनै विभागीय कारबाही नभएको झुट्ठा व्यहोरा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बारामा पठाएका थिए । सोही विद्यालयका प्रधानाध्यापक चेथारुले स्वतः निलम्बन हुने योगेन्द्रको मुद्दा सम्बन्धी कागजात लुकाई मुद्दा दायर भएको मितिदेखि राजीनामा दिएको मितिसम्म नपाउने नियमविपरीत एक लाख ५ हजार ३२ रुपैयाँ २५ पैसा तलब भुक्तानी गरेको आरोप छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठ र शाखा अधिकृत बेदप्रसाद पौडेलले योगेन्द्र भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको जान्दाजान्दै उनलाई शिक्षक पदवाद बर्खास्त गर्ने सम्बन्धमा कुनै कारबाही अगाडि नबढाएको आरोप आयोगको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगले श्रेष्ठ, तुलाराम, चेथारु, धर्मेन्द्र र बृज किशोरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियारमा सोही ऐनको दफा २२ बमोजिमको मागदावी गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७