१४ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गर्ने युवक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा डेरा गरी बस्ने एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेर फरार दैलेखको चामुण्डाबिन्द्रसैनी गाउँपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेल पक्राउ परेका छन् ।
उनले गएको भदौ ३० गते ती किशोरीलाई अपहरण गरी अटो रिक्सामा हालेर काँक्रेबिहारको जंगलमा पु¥याएर मार्ने धम्की दिँदै जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ । स्कुल जाँदै गरेकी किशोरीलाई अपहरण गरी अटोमा राखेर जंगलमा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले उनको खोजी गरेको थियो ।
खोजी गर्ने क्रममा दैलेखको अशोका होटलबाट घटनाको ६ दिनपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए । अनुसन्धानका क्रममा कँडेलले एक वर्षअघि पनि सुर्खेतकै १९ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको खुलेको छ । शाहीका अनुसार त्यतिबेला उनले बिहे गर्ने प्रलोभनसहित डरत्रास देखाएर सुर्खेत बसपार्क नजिकको होटलमा लगेर ती युवतीलाई पटक–पटक करणी गरेका थिए ।