फालेलुङमा प्रहरी चौकी स्थापना


१०:५९ बजे

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र कार्यरत छन् ।

मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

फालेलुङ गाउँपालिकाको केन्द्र रहेको सो स्थानमा यसअघि प्रहरी चौकी थिएन । गाउँपालिकाको सेवा केन्द्रमा सुरक्षाको प्रबन्ध नहुँदा नजिकै रहेको इलाका प्रहरी कार्यालय मेमेङले यहाँ सुरक्षा प्रदान गर्दै आएको थियो । यहाँ घरभाडामा लिई प्रहरी चौकी स्थापना गरिएको हो । फालेलुङ गाउँपालिका स्थापना हुँदा यसको केन्द्र गाउँपालिकाको वडा नं ३ मच्छेबुङ तोकिएको थियो ।

यहाँ जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाको केन्द्र सोही वडाको थोक्लिम्बामा सारिएको थियो । पछि गाउँपालिकाले गाउँपालिकाको केन्द्र रहेको स्थानको नाम थोक्लिम्बालाई थकेपुङ कायम गरेको छ । जिल्लाका आठ स्थानीय तहमध्ये फालेलुङ र हिलिहाङ गाउँपालिकाको सेवा केन्द्रमा प्रहरी चौकी थिएन । हिलिहाङको सेवा केन्द्र पञ्चमीमा इलाका प्रहरी कार्यालय अमरपुरले सुरक्षा प्रदान गर्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७