एमाले नेतृत्वलाई खड्काको प्रश्न : अहिलेको अवस्था ‘वाइसिएल’लाई प्रतिकार गरे जस्तै हो र ?

एमाले नेतृत्वलाई खड्काको प्रश्नै-प्रश्न


२०८२ असोज २ बिहीबार १४:१० बजे

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सदस्य युवा नेता रचना खड्काले पार्टी नेतृत्वको कार्यशैली र कमजोरीहरुप्रति गम्भीर प्रश्नहरु उठाएकी छिन् । ‘जेनजी’ आन्दोलनपछि उत्पन्न अवस्थाको बारेमा पार्टी नेतृत्वले राम्ररी समिक्षा नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै खड्काले बैठक बसेर सामूहिक निचोडमा पुग्न माग गरेकी हुन् ।

खड्काले अहिलेको अवस्था हिजो वाइसिएलको उपद्रवको प्रतिकार गरे जस्तै नभएको बताएकी छिन् । एमालेका केही नेताहरुले वाइसिएलको प्रतिकार गरे जस्तै जेनजी पुस्ताको पनि प्रतिकार गर्ने चेतावनी दिइरहेको बेला खड्काले सोधेकी छिन्, ‘अहिलेको अबस्था हिजो वाइसिएलको उपद्रबको प्रतिकार गरे जस्तै हो र ? केही पात्रहरु किन त्यस्तै सुनिन्छन् ? आम जनताले  हामीलाई कसरी बुझिरहेको छ ? त्यसले जनमत कसरी प्रभावित हुन्छ बुझ्नु भएको छ ?’

खड्काले २३ गते जेनजी पुस्ताको आन्दोलन र बलिदानको सन्देश खोज्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेकी छिन् । उनले सोधेकी छिन् ‘२३ गतेको ‘जेन–जी’ पुस्ताको आन्दोलन र बलिदानीको सन्देश के हो भन्ने निर्क्योल गरि ग्रहण गर्नु जरुरी छैन र ?’  

खड्काले एमालेप्रति शुभेच्छा राख्नेहरुको आवाज सुन्न आग्रह गर्दै सोधेकी छिन्, ‘आज एमाले कस्तो सुनिदैँछ भनेर एमालेप्रती शुभेच्छा राख्ने तर खबरदारी गरिरहने २/४ जना  मात्रैलाई पनि सोध्नु भएको छ ?’ 

खड्काले जेनजी पुस्ताका प्रतिनिधिहरुलाई कम्तीमा एक घन्टा सुन्न भनेकी छिन् । सोधेकी छिन्, ‘यो आन्दोलनमा कुनै न कुनै रुपमा सहभागी जेन–जी पुस्ताका प्रतिनिधिलाई पुरै  १ घण्टा सुन्नु भएको छ ? हामीप्रती उहाँहरुको अपेक्षा के हो भनेर ?’ 

यो अवस्थामा पुग्नुको कारण बारेमा निर्मम समिक्षाको आग्रह समेत गरेकी छिन् । भनेकी छिन्,  ‘यहाँहरुलाई अझै  यो परिस्थिति र यहाँ पुग्नुका कारणहरुबारे निर्मम समीक्षा गर्नुपर्छ र गल्ति कमजोरीहरुलाई स्वीकार गर्दै जनतासामु आत्मालोचना गर्नुपर्छ भन्ने लाग्दैन ?’  

नीति, नेतृत्व र कार्यशैलीको निर्मम समिक्षा सार्थक बहस र निष्कर्ष बिना पार्टी अगाडी जान नसक्ने उनको दाबी छ । उनले यस्ता बिषयहरु छलफल गर्न बैठकको माग समेत गरेकी छिन् । भनेकी छिन्, ‘यस्ता धेरै बिषयहरु छन छलफल गर्नुपर्ने । बैठक बसौं र औपचारिक छलफल गरौं । सामुहिक  निष्कर्ष निकालौ, एकताबद्ध  र राजनीतिक ढङ्गले चुनौतीहरुको सामाना गरौं । पार्टीको रक्षाको नाममा देखिने सबैखाले अराजकतालाई निरुत्साहित गरौं ।’ 

खड्काले एमालेलाई हिजो पनि हिंसाले कमजोर नबनाएको र आज पनि नबनाउने दाबी गरेको छिन् । हिंसा विरुद्ध राजनीति रुपमा नै जुध्ने उनको भनाई छ ।  


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७