प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधैँ सहयोग गर्ने बताएका परराष्ट्र मन्त्रालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङ्गले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन् ।
साथै असल छिमेकीका नाताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए।
‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौँ,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौँ। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’
प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् । कार्कीको नेतृत्वमा सरकार गठन भएपछि चिनियाँ राजदूतको यो पहिलो भेट हो ।