कोशीका मुख्यमन्त्री थापाको आरोप : उपसभामुखले संसदीय परम्परा तोड्नु भयो


२०८० भदौ ४ सोमबार ०८:५५ बजे

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा आज (सोमबार) विश्वासको मत नलिने भएका छन् । उनले आफूलाई भदौ १३ गतेसम्म विश्वासको मत लिन पाउने सुविधा भएकाले त्यो समयसम्म लिने विश्वास व्यक्त गरेका छन् ।

आजै विश्वासको मत लिने तयारी गरिरहेको बेलामा उपसभामुख सिर्जना दनुवार काठमाडौं हिँडेपछि आज विश्वासको मत लिने सम्भावना नभएको उनको भनाइ छ । बैठक बोलाएर आफैं बिरामी भएको भन्दै काठमाडौं हिँडेको उनको टिप्पणी थियो । आज विश्वासको मत लिने विषयमा १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने उनको भनाइ छ ।

प्रतिपक्षी दलबीच विपक्षी दलहरूसँग समेत परामर्श गरेर समय तोकेको थापाको भनाइ थियो । उनले भने, ‘हामीले प्रदेशमा मिलेर जान चाहेका छौं । तर, उहाँहरू एउटा कुरा गर्ने काम अर्को गर्ने भयो । विश्वासको मत दिन मन नभए समय नदिएको भए हुन्थ्यो नि ।’ उनले उपसभामुखले संसदीय परम्परा तोड्ने काम गरेको आरोप लगाए । उनले भने, ‘संसदीय परम्परालाई उहाँले तोड्ने काम गर्नुभयो । यो व्यवस्थालाई धरापमा पार्ने काम गर्नुभएको छ । यसले राज्य व्यवस्था र संसदीय व्यवस्थामा द्वन्द्व सिर्जना गर्ने काम गर्नुभएको छ । हामी द्वन्द्वबाट जाँदैनौं सहमतिबाटै जान चाहन्छौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७