बागमतीका ८३ हजार पशुमा लम्पी स्किन, २२ सय मरे


२०८० श्रावण ७ आइतबार २१:०१ बजे

काठमाडौँ । बागमती प्रदेशमा ८३ हजार पशुमा लम्कीस्किन रोग देखिएको छ । रोगबाट २ हजार २ सय ९ पशु मरेका छन् । पछिल्लो तथ्यांक अनुसार प्रदेशको सिन्धुलीमा सबैभन्दा धेरै २४ हजार ९० गाईभैंसीमा यो रोगको संक्रमण देखिएको छ । सबैभन्दा कम रसुवामा २ सय ३० पशुमा लम्पीस्किन रोगको संक्रमण देखा परेको प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

यस्तै धादिङमा ९ हजार ५ सय ४८, काठमाण्डौंमा ९ सय ५८, ललितपुरमा ५ सय ४५, भक्तपुरमा ८ सय ३०, काभ्रेमा १ सय ३१, नुवाकोटमा ६ हजार र रामेछापमा १४ हजार ३ सय ९१ पशुमा लम्कीस्किन देखिएको छ ।

यसैगरी दोलखामा ५ हजार ९३, सिन्धुपाल्चोकमा ७ हजार १ सय ५, चितवनमा ६ हजार ७ सय ९९ र मकवानपुरमा ७ हजार सय ९५ पशु संक्रमित भएका छन् । लम्कीस्किन विरुद्ध हालसम्म ५९ हजार ५ सय ११ पशुमा यो रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७