प्रचण्डलाई स्वागत गर्दै मुख्यमन्त्री चौहानले भने, ‘हाम्रो शरीर मात्र दुई, सभ्यता–संस्कृति एउटै छ’


२०८० जेठ १९ शुक्रबार १४:३९ बजे

नयाँदिल्ली । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले नेपाल र भारतबीच प्राचीन सम्बन्ध रहेको बताउँदै दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक भएको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई इन्दौरमा स्वागत गर्दै सिंहले भने, ‘यही भावले अहिल्याको पवित्र नगरमा, इन्दौरमा, मध्यप्रदेशमा नेपालका माननीय प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशको गौरवशाली परम्परा अनुरूप हृदयदेखि स्वागत गरेका छौँ । दुई देशको सम्बन्ध अझै प्रगाढ बनोस् । सहयोग अझै बढोस् । उनको यो यात्राले यस दिशामा ठोस कदम अगाडि बढ्नेछ ।’

‘तपाईं बाबा महाकालको दर्शन गरी नेपालका जनताको कल्याण र विकासको लागि आशीर्वाद लिनुहोस् र म बाबा पशुपतिनाथसँग प्रार्थना गर्दछु कि दुवै राष्ट्र सधैँ विकास, कल्याण र आपसी सद्भावको मार्गमा अगाडि बढोस्,’ उनले भने । मुख्यमन्त्री चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेको जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७