मन्त्री छान्न कांग्रेसले बनायो चार मापदण्ड


२०७९ चैत ५ आइतबार ०२:२४ बजे

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज (आइतबार) संसद् भवन नयाँ बानेश्वर बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले मन्त्री छान्न चार वटा मापदण्डलाई आधार बनाएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई आधार मानिने बताए । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७