गायक राजेशपायल राईले गरे प्रेमिका सङबुङसँग विवाह दर्ता

काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । उनले गत मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालय पुगेर विवाह दर्ता गरेका हुन् ।
उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख गरेका छन् । उनीहरुको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी दुई जनाबाट एक सन्तानको पनि जन्म पनि भइसकेको छ ।
विवाहबारे मिडिया खुलासा गरे पनि राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा केही केहि खुलाएका थिएनन् । विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष उल्लेख गरिएको छ भने प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ ।