सन्दीपको निवेदन न्यायाधीश खतिवडाको इजलासमा


२०७९ फाल्गुण १२ शुक्रबार १५:५१ बजे

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको निवेदनको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । नाबालिग बलात्कार अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेका क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपसँग २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म विदेश जान रोक लगाउने सहितका सर्तहरू राखेर धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यस लगत्तै पुस २९ गते २० लाख रुपैयाँ धरौटी राखेर लामिछाने रिहा भएका थिए ।

सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सरकार सर्वोच्च पुगेको छ भने आफू देश बाहिर पनि जान पाउनु पर्ने निवेदन लिएर सन्दीप पनि सर्वोच्च पुगेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७