सरकार कर्णालीको भयो, मानसिकता वडा बनाउने भयो : यामलाल कँडेल


२०७९ माघ २१ शनिबार १५:१० बजे

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले संघीयतापछि कर्णालीमा प्रदेश सरकार बने पनि यहाँका नेतृत्वको मानसिकता वडा बनाउने जस्तो देखिएको टिप्पणी गरेका छन् । उनले वडा बनाउने मानसिकताबाट कर्णालीको समृद्धि सम्भव नभएको बताएका छन् ।

आज (शनिबार) कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसको अवसरमा बोल्दै कँडेलले भने, ‘कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो, त्यो अभियानमा सबै एकजुट हुन् आवाश्यक छ ।’ कँडेलले दलीय व्यवस्थामा दल जति जनमैत्री बन्न सक्यो उत्ति नै जनताको आकर्षण बढ्ने बताए । यद्यपि राजनीतिमा बनाउने कुरा भन्दा बन्ने कुरा हावी भएकाले जनतामा दलप्रति वितृष्णा पैदा भएको कँडेलको भनाई छ ।

‘बनाउने कुरा प्रमुख हो, तर बन्ने कुरा प्रमुख भएपछि बनाउने कुरा गौण हुन्छ,’ कँडेलले भने, ‘त्यसैले जनताको अपेक्षालाई मध्यनजर गर्दै बनाउने कुरामा अघि बढ्नतर्फ लम्कौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७