ओलीले देउवालाई सम्झाए कांग्रेसले संसद विघटन गरेको इतिहास


२०७९ पौष २६ मंगलबार ०९:२८ बजे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सधैं प्रतिगमन नहुने दावी गरेका छन् ।
संसदीय व्यवस्था भएको मुलुकको संसद विघटन हुने बताउँदै ओलीले आफूले मात्र विघटन नगरेको जिकिर गरे । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ सालमा संसद विघटन गरेको बताउँदै स्मरण समेत गराए ।

‘मैले त शेरबहादुरजीले के गर्नु भएको थियो भनेर पो हेरेको। झन् गुरु मान्दा हमला ! नेपाली कांग्रेसले आफैं संसद विघटन गरेर माघ १९ मा पुर्‍याएको सम्झिएर संसद विघटन भनेपछि प्रतिगमन ठान्नुहुन्छ । सधैं त्यस्तो हुँदैन ।’

ओलीले भने, ‘२०१५ सालमा कांग्रेसकै नेतृत्वमा बनेको संसद २०१७ सालमा विघटन गर्ने राजा महेन्द्र ! त्यो कसका कारण थियो? २०४८ मा बनेको संसद २०५१ सालमा विघटन गर्ने कांग्रेस हो। २०५८ असारमा देउवाजीले नै संसद विघटन गरेर असोज १८ र माघ १९ आएको होइन ?’ ओलीभन्दा अगाडि सम्बोधन गरेका नेपाली कांग्रेसका सभापति देउवाले एमाले अध्यक्ष ओलीले सोमबार संसद विघटन गर्ने बताएको भन्दै टिप्पणी गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७